काठमाडौं । नेकपा महासचिव नेत्र विक्रम चन्द (विप्लव), प्रगतिशील राष्ट्रिय अभियान संयोजक जनार्दन शर्मा र पूर्व समाजवादी महासचिव घनश्याम भुसाल आगामी दिनमा सघन सहकार्य गर्दै अघि बढ्ने सहमतिमा पुगेका छन् ।
शुक्रबार बिहान भएको भेटमा तीन नेताबीच नयाँ राजनीतिक परिस्थितिमा सहकार्यलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको भुसालले जानकारी दिए ।
तीनै नेताले वर्तमान राजनीतिक अन्योलका बीच समाजवादी–कम्युनिस्ट शक्तिहरूले एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा राखेका छन् ।





















प्रतिक्रिया