Logo

प्रमुख समाचार

कांग्रेस बैठक: मंसिर २४ मा विशेष महाधिवेशनको गर्न प्रस्ताव



काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा मंसिर २४ गते विशेष महाधिवेशन गर्ने प्रस्ताव भएको छ । केन्द्रीय सदस्य मधु आचार्यले विशेष महाधिवेशनको मितिको प्रस्ताव प्रस्तुत गरेका हुन् ।

शुक्रबारको केन्द्रीय समिति बैठकमा बोल्दै उनले आज कात्तिकको २१ गते भइसकेको भन्दै छोटो समयमा अधिवेशन सम्पन्न गर्नेगरी प्रस्ताव प्रस्तुत गरेको जानकारी दिए ।

सहमहामन्त्री महेन्द्र यादवले पनि बैठकमा महामन्त्रीलाई काउन्टर दिन महाधिवेशन कार्यतालिका ल्याएको प्रति इंगित गर्दै उनले आफूले विशेष महाधिवेशनको प्रस्ताव प्रस्तुत गरेको पनि बताए ।

विशेष परिस्थितिमा विशेष महाधिवेशन हुने कुरा विधानले प्रष्ट भनेको बताए । केन्द्रीय समितिले आवश्यक ठानेर विशेष महाधिवेशन आह्वान गर्न सिंगो केन्द्रीय कार्यसमितिलाई आग्रह गरे ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार १६:०३   :  बजे

168
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।