Logo

प्रमुख समाचार

भीम रावल पनि प्रचण्ड–माधवसँग मिसिँदै



पूर्वमन्त्री एवम् मातृभूमि जागरण अभियानका संयोजक भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा जाने भएका छन् । आज उक्त पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालसहितका नेताहरूसँगको छलफलमा उक्त कुरा टुङ्गिएको हो ।
आइतबारको भेटघाट प्रचण्ड निवासमा भएको थियो । रावललाई कुन भूमिका दिने भन्नेबारे एकिन भएको छैन । तर उक्त छलफलमा सहभागी नेता प्रकाश ज्वालाका अनुसार रावलसँगको कुरा सकारात्मक रूपमा अघि बढेको छ ।
‘रावल कमरेडसँगको आजको छलफल एकदमै सकारात्मक भयो,’ उनले भने, ‘संयोजक, सहसंयोजक कमरेडहरूसँग खुल्ला छलफल भयो । अब सहकार्य हुन्छ ।’

प्रकाशित मिति : २३ कार्तिक २०८२, आईतवार २२:१०   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।