काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक उमेदवार बन्न चाहने व्यक्तिले ५० हजार रुपैयाँसहित आवेदन दिनुपर्ने भएको छ ।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले समानुपातिक उमेदवारी शुल्क ५० हजार तोकिएको बाह्रखरीलाई जानकारी दिए । रास्वपाले यही कात्तिक २२ गतेदेखि समानुपातिक उमेदवारका निम्ति आवेदन खुला गरिसकेको छ ।
प्रतिनिधिसभाको निर्वाचन फागुन २१ गतेका निम्ति तय छ ।





















प्रतिक्रिया