काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई जनतामा पुनःविश्वास दिलाउन र नयाँ पुस्ताको चाहना पूरा गर्न मंसिर २७ गते विशेष महाधिवेशन अनिवार्य रूपमा गर्नुपर्ने बताएका छन्।
दुई सातादेखि सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार धारणा राख्दै उनले भने, ‘महाधिवेशनबाट कांग्रेस नयाँ भएर आउँछ। नयाँ पुस्ताको मागअनुसार आफूलाई बदल्न सक्ने पार्टी बन्नुपर्छ।’
थापाले पार्टीभित्रको आन्तरिक अनिर्णय र ढिलाइले जनतामा कांग्रेसप्रति भरोसा घटाएको भन्दै भने, ‘अधिवेशन नगरी जनादेश माग्न जानु भनेको आफ्ना गल्ती र कमजोरी नस्वीकारी फेरि समर्थन माग्न जानु हो। यस्तो अवस्थामा जनताले हामीलाई साथ दिँदैनन्।’
उनले बैठकमा कांग्रेसको मूल चरित्र अन्य दलजस्तो उत्तेजना फैलाउने नभएको बताउँदै थपे, ‘हामीले त सम्हाल्ने र स्थिरता दिने’ हो।





















प्रतिक्रिया