Logo

प्रमुख समाचार

सिमरामा कर्फ्यूका बीच एमालेको भेला, जनप्रदर्शन स्थगित



सिमरा । बाराको परवानीपुरस्थित भेलास्थलमा कर्फ्यू जारी रहेका बेला पनि नेकपा एमालेको युवा भेला सामान्य रूपमा जारी छ। सिमरामा उत्पन्न तनावका कारण जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यू आदेश लागू गरेपछि पूर्वनिर्धारित जनप्रदर्शन भने स्थगित गरिएको एमाले नेता किसान श्रेष्ठले जानकारी दिए।

महासचिव शंकर पोखरेलले भेला उद्घाटन गर्ने तय भए पनि सिमरामा जेन-जी प्रदर्शनको विरोधमा विमानस्थलमा आन्दोलन बढेपछि जहाज उडान रोकिएको थियो। जसका कारण शीर्ष नेताहरू काठमाडौंमै रोकिएका छन्।

 

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार १४:२२   :  बजे

549
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।