Logo

राजनीति

सिमरा घटना: २४ घन्टामा छानबिन र कारबाही गर्न अभियन्ता सहनीकाे माग



मधेस जागरण अभियानका अध्यक्ष तथा जेन्जी अभियन्ता कृष्ण मोहन सहनीले बाराको परवानीपुरमा एमालेको कार्यक्रममा उत्पन्न विवादका विषयमा कडा प्रतिक्रिया दिएका छन्। सहनीका अनुसार सिमरा चाेकमा आयोजित जेन्जी सभामा सहभागीहरूमाथि एमाले कार्यकर्ताले दमन तथा कुटपिट गरेको आरोप छ।

सहनीले उक्त घटनाको २४ घन्टाभित्र छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकार तथा सम्बद्ध निकायलाई माग गरेका छन् । उनले छानबिन तथा कारबाही नभएमा कडा आन्दोलनमा जानुपर्ने चेतावनी समेत दिए ।

सहनीले एमाले नेता महेश बस्नेतको टिप्पणी र व्यवहारले मधेसमा तनाव बढेको आरोप लगाउँदै मधेसी समुदायलाई उत्तेजित पार्ने किसिमका गतिविधि नगर्न आग्रह गरेका छन् । त्यस्तै, उनले बस्नेतलाई सार्वजनिक रूपमा माफी माग्नुपर्ने मागसमेत राखेका छन्।

 

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार १५:३१   :  बजे

198
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।