काठमाडाैं । उज्यालो नेपाल पार्टीले प्रवक्तामा भोजपुरका डा. राजु थापालाई नियुक्त गरेको छ।
विपद् व्यवस्थापनमा पिएचडी र कानुन व्यवसायी समेत रहेका थापा पार्टीको आगामी घोषणासभा तथा चुनाव तयारीको नेतृत्वमा रहनेछन् ।
हालै निर्वाचन आयोगबाट दर्ता भएको पार्टीको नेतृत्व पूर्व ऊर्जा सचिव अनुपकुमार उपाध्यायले गरिरहेका छन्। ५१ सदस्यीय केन्द्रीय समिति रहेको पार्टीले १७ मंसिरमा प्रज्ञा प्रतिष्ठानमा घोषणासभा गर्दैछ ।
मध्यमार्गी सोचसहित उन्नत समाजवादलाई लक्ष्य बनाएको पार्टीले मेरिटोक्रेसी, समानुपातिक सहभागिता र उद्यमशील युवा नेतृत्वलाई मुख्य एजेन्डा बनाएको छ।





















प्रतिक्रिया