काठमाडौं । अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टी, रेशमलाल चौधरीको नागरिक उन्मुक्ति पार्टी नेपाल र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबीच एकल चुनाव चिह्नमा सहमति भएको छ ।
तीन पार्टीबीच आइतबार सहमति भएको हो ।
फागुन २१ गते हुने प्रतिनिधिसभाको जाँतो (चकिया) एकल चुनाव चिह्नका लागि तीनवटै दलबीच सहमति जुटेको हो ।
जारी विज्ञप्तिमा भनिएको छ, “विचार मिल्ने अन्य पार्टीलाई पनि एकल चुनाव चिह्नमा आउन आह्वान गर्दछौँ ।”






















प्रतिक्रिया