काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले आफ्नो जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
भैरहवामा गृह मन्त्रालय र लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले समयमै निर्वाचन सम्पन्न गरी सत्ता निर्वाचित सरकारलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा हस्तान्तरण गर्न सरकार आतुर भएको स्पष्ट गरे।
गृहमन्त्री अर्यालका अनुसार आसन्न निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था पूरा गरिएको छ। ‘सुशासनको आधार तयार बनाउने, भोलिको दिनमा कसैले पनि बिगार्न नसक्ने वातावरण निर्माण गर्ने र त्यसपछि निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न हामी आतुर छौँ,’ उनले भने ।
गृहमन्त्री अर्यालले आफूहरू कुनै व्यक्तिगत इच्छा वा अपेक्षाका कारण सरकारले ल्याएको होइन, देशमा उत्पन्न विशेष परिस्थितिका कारण शून्यता चिर्नुपर्ने आवश्यकता रहेकोले विशेष जिम्मेवारीसहित आएको स्पष्ट रूपमा व्यक्त गरे।





















प्रतिक्रिया