Logo

प्रमुख समाचार

सामाजिक सुरक्षाको प्रत्याभूति नहुँदा समाजमा असन्तुष्टि बढ्यो: एमाले महासचिव पोखरेल



नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले सामाजिक सुरक्षाको प्रत्याभूति नहुँदा समाजमा असन्तुष्टि बढेको धारणा राखेका छन् ।

नेपाल ट्रेड यूनियन महासङ्घ (जिफन्ट)ले आज ‘आठौँ समाजिक सुरक्षा दिवस’ को अवसरमा आयोजित ‘योगदानमा आधारित सामाजिक सुरक्षाः वर्तमान अवस्था र भावी कार्यदिशा’ कार्यक्रममा उनले मानिसलाई भविष्य प्रतिको प्रत्याभूत हुने गरी अगाडि बढाइएयो भने अपराध घटेर जाने बताए ।

महासचिव पोखरेलले समाजमा देखिएको अराजकता, पछिल्लो पटक राष्ट्रप्रति लगाव कमजोर भएर जाने र धर्मसस्कृति मूल्य मान्यताप्रति प्रहार गर्ने जस्ता प्रवृत्तिलाई सुधार गर्ने माध्यम सामाजिक सुरक्षा कार्यक्रम हुन सक्ने बताए।

उनले एमालेले लोककल्याणकारी अवधारणा अगाडि सारेर सामाजिक सुरक्षा कार्यक्रम बढाएको भन्दै पहिलो पटक मनमोहन अधिकारी प्रधानमन्त्री भएको बेला ज्येष्ठ नागरिक सुरक्षा कार्यक्रम र पछिल्लो समय पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम अगाडि बढाइएको जानकारी दिए ।

महासचिव पोखरेलले सामाजिक सुरक्षा कार्यक्रमलाई श्रमिक पक्षमा स्थापित गर्ने कुरा हुन नसकेको बताए । उनले अनौचपारिक क्षेत्रका श्रमिकलाई सूचीकरण गरेर सामाजिक सुरक्षामा जोड्न आवश्यक रहेको जोड दिए ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार २१:४३   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।