काठमाडौं । नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् । शुक्रबार पार्टी कार्यालय बनस्थलीमा आयोजित कार्यक्रममा पोखरेललाई रास्वपा कार्यवाहक सभापति डीपी अर्यालले स्वागत गरेका हुन् ।
पोखरेल २०७७ मंसिर २५ गते एआईजीमा पदोन्नति भएका थिए भने २०७९ साउन २ गते पदबाट राजीनामा दिएका थिए ।





















प्रतिक्रिया