Logo

प्रमुख समाचार

मलाई कुनै पद चाहिदैन, रास्वपासँगको एकता विलय होइन प्रलय होः समीक्षा बाँस्कोटा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग समाहित भएको विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बाँस्कोटले आफूलाई कुनै पद नचाहिने भन्दै विवेकशील साझा अभियान मर्न नदिने बताएकी छिन् ।

आइतबार काठमाडौंमा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले व्यक्तिगत स्वार्थको लागि रास्वपामा समाहित नभएको स्पष्ट पार्दै मुलुक र जनताको हितका लागि एकतामा आएको दाबी गरिन् ।

उज्ज्वल थापाले सुरुवात गरेको वैकिल्पक राजनीतिले अनेक ठक्कर खाएको स्मरण गर्दै दलमा आउने जुनसुकै कठिनाई र चुनौतीको सामना गन आफूहरु तयार रहेको उनको भनाइ छ ।

‘पहिले देखिनै आफू सुरक्षित हुने र आफ्नो लागि मात्र गर्ने राजनीति हुँदै आएको छ । हामीले भन्यौं–हामी हुनुपर्‍यो । विवेकशील साझा आन्दोलन मर्नुभएन ।

उज्वल थापाले रोपेको बिउ फुल्नुपर्‍यो, फक्रिनुपर्‍यो । मलाई केही चाहिंदैन,’ बास्कोटाले भनिन्, ‘जब उज्वल थापाले रोपेको बीउ संसद भवनमा गर्जिन थाल्छ तब म हरेकमा समीक्षा र उज्वल नै देख्छु ।

त्यो हो हामीले गरेको राजनीतिक र तपस्या । यसै भनेको होइन वैकल्पिक राजनीति सद्प्रयास हो ।

उनले आफूहरू नि:शर्त रास्वपासँग एकीकृत हुन आएको भन्दै नि:शर्त नै सबैभन्दा ठूलो शर्त हुने बताइन् ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आईतवार १९:३३   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।