Logo

प्रमुख समाचार

अब देशको रक्षा गर्ने जिम्मेवारी नेकपाको हो: सहसंयोजक नेपाल



काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले राजनीतिक अस्थिरताको अन्त्यका लागि निर्वाचन हुनै पर्ने बताएका छन् ।

पार्टीको गण्डकी प्रदेशस्तरीय एकता सन्देश सभालाई आइतबार पोखरामा सम्बोधन गर्दै उनले देशको रक्षा गर्ने जिम्मेवारी नेकपाको रहेको बताए ।

उनले भने, ‘राष्ट्रका सामु अहिले ठूलो सङ्कट सिर्जना भएको छ । यसको अन्त्यका लागि निर्वाचनको विकल्प छैन । देशको रक्षाका लागिसमेत बृहत् र बलियो कम्युनिष्ट पार्टी आवश्यक छ ।’

प्रकाशित मिति : १४ मंसिर २०८२, आईतवार २१:४९   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।