काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ ।
सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले १५औं महाधिवेशनको कार्यतालिका सर्वसम्मत पारित गरेको हो ।
त्यस्तै, केन्द्रीय कार्यसमिति बैठकले वर्तमान कार्यसमितिको समयावधि पनि माघसम्मका लागि थप गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
वर्तमान कार्यसमितिको म्याद मंसिर मसान्तसम्म थियो । कांग्रेस केन्द्रीय समितिले बहुमतबाट कार्यसमितिको म्याद एक वर्षसम्म थप्न सक्ने व्यवस्था छ । तर, केन्द्रीय समितिले २ महिना थप गर्ने निर्णय गरेको हो ।





















प्रतिक्रिया