Logo

प्रमुख समाचार

कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिको बैठक आह्वान



 

नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक आह्वान गरेको छ। सोमबारको केन्द्रीय समिति बैठकले पुस २६–२८ गतेसम्म १५औँ महाधिवेशन गर्ने निर्णय गरेसँगै कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक बोलाएको हो।
क्रियाशील सदस्यता व्यवस्थापन समितिको संयोजक महामन्त्री गगन थापा छन्। थापाले बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी डाकेको समितिका सदस्य योगेन्द्र चौधरीले जानकारी दिए।

थापा संयोजक रहेको समितिमा केन्द्रीय सदस्यहरू चौधरी, सीता गुरुङ, प्रकाश रसाइली छन्।
केन्द्रीय समितिले पारित गरेको महाधिवेशनको कार्यतालिकामा पुस १२ गतेसम्म सबै तहबाट केन्द्रमा आइपुग्ने मिति राखिएको छ।

समयको दबाबमा रहेको समितिका संयोजक थापाले बैठक बोलाएका हुन्। अधिकांश शीर्ष नेताको जिल्लामा क्रियाशील सदस्यताको विवाद समाधान हुन सकेको छैन।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलवार २२:१४   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।