Logo

प्रमुख समाचार

अब देशकै नेतृत्व गर्नुपर्छ कि भन्ने लागेको छ: कुलमान घिसिङ



काठमाडौं । ऊर्जा कुलमान घिसिङले अघिल्लो सरकारले विद्युत् प्राधिकरणबाट निकालापछिको समयलाई आफूले अवसरको रूपमा लिएको बताएका छन्।

उज्यालो पार्टी नेपालको घोषणासभामा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले अघिल्लो सरकारसँगको झगडाकै उपहारस्वरुप मन्त्री पद पाएको भन्दै त्यसलाई अवसरकै रुपमा बुझेको पनि बताए । ‘करिब ७ ८ महिना सरकार र कुलमान घिसिङको ठूलो झगडा भयो । ४ महिना बाँकी हुँदा म बाहिरिनुपर्‍यो । मैले त्यही बेला सरकारलाई धन्यवाद दिएको थिएँ,’ घिसिङले भने, ‘त्यसबाट मलाई मन्त्रीको रुपमा स्थापित भयो । यो पनि मलाई अवसर नै भयो ।’

देशभित्र रहेका र बाहिर रहेका सबै एक मत भएर लागे देश बनाउन सकिने उनको निष्कर्ष छ। ‘अब यहाँबाट हिँडेपछि कता जाने होला भन्नेमा अब देशकै लिड गर्नुपर्छ भन्ने लागिराछ,’ घिसिङले भनेको छ ।

 

 

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार १६:५६   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।