Logo

प्रमुख समाचार

शुक्रबारसम्म मधेसमा नयाँ सरकार गठन गर्न आह्वान



काठमाडौँ । मधेस प्रदेशमा नयाँ सरकार गठनको आह्वान भएको छ ।

मुख्यमन्त्री सरोज कुमार यादवले राजनीनामा दिएलगत्तै बुधबार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई शुक्रबार साँझ ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेका हुन् ।

सर्वोच्च अदालतको परमादेश अनुसार विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठकमा बहुमत नपुग्ने देखेपछि मुख्यमन्त्री यादवले पदबाट राजीनामाको घोषणा गरेपछि नयाँ प्रक्रिया सुरु भएको हो ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार २०:०९   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।