Logo

प्रमुख समाचार

शेरबहादुर तामाङले गरे एमाले उपमहासचिवमा उठ्ने घोषणा



काठमाडौं । नेकपा एमालेका नेता शेरबहादुर तामाङले ११औँ महाधिवेशनमा उपमहासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । हाल स्थायी कमिटी सदस्य रहेका तामाङले अध्यक्षमा केपी शर्मा ओलीलाई साथ दिँदै उपमहासचिवमा दाबी गर्ने बताएका हुन् ।

‘महाधिवेशनमा केपी ओलीलाई समर्थन गर्दै उपमहासचिवमा मेरो सशक्त दाबेदारी रहन्छ’, तामाङले बिहीबार निकटस्थहरूलाई एसएमएस पठाउँदै भनेका छन्, ‘हजुरको सहयोग तथा सुझावको हार्दिक अपेक्षा गर्दछु । हाम्रो सोलिडारिटी सधैँ रहनेछ ।’

मङ्सिर २७ देखि हुने एमाले महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओली र नेता ईश्वर पोखरेलले उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

 

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार १२:१३   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।