जेनजी आन्दोलनका क्रममा बालकोटस्थित निवास जलेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि भक्तपुरको गुण्डुमा ‘कुटी’ बनाउने काम सुरु भएको छ।
भदौ २४ गते बालकोटस्थित निवास आगजनीमा परेपछि ओली भक्तपुरको गुण्डुमा घर भाडामा लिएर बस्दै आएका छन्। एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले अहिले ओली निवास निर्माणको मुख्य पहल लिएका हुन्।
उनले भक्तपुरकै गुण्डुमा ओलीका लागि निवास बनाउने काम सुरू भएको जानकारी सामाजिक सञ्जालमा दिएका छन्।
उनका अनुसार बिहीबार धान्यपूर्णिमाका दिन गुण्डुमा ओली पत्नी राधिका शाक्यले कुटीको शिलान्यास गरेकी छन्।
आर्थिक सहयोग लिएर ओलीनिवास बनाउन लागिएको बस्नेतले बताएका छन्।





















प्रतिक्रिया