Logo

प्रमुख समाचार

‘हामीले नै जित्छौं, हामीले नै सरकार गठन गर्छौं’



काठमाडौं । श्रम संस्कृति पार्टीका सभापति तथा धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)ले आफ्नो पार्टीले आगामी चुनावमा विजयी भई सरकार गठन गर्ने दाबी गरेका छन् । काठमाडौंको सिफलमा आयोजित एक सभालाई सम्बोधन गर्दै उनले घोषणापत्रमै आफूहरूले विजयको बाटो कोरेको बताए ।

सभामा सम्बोधन गर्दै साम्पाङले जेनजी आन्दोलनबारे बोल्दै वर्तमान पुस्ताले चाहेको राज्यको परिकल्पना आफूहरूको घोषणापत्रमा समायोजन गरिएको बताए । “हामीले नै जित्छौं, कुनै शंका छ? हामीले नै जित्छौं, हामीले नै सरकार गठन गर्छौं,” साम्पाङले आत्मविश्वासपूर्वक भने ।

जेनजी पुस्ताले उठाएको मागलाई सम्बोधनका लागि आफ्नो नेतृत्वको सरकारले विशेष आयोग गठन गर्ने पनि उनले घोषणा गरे । “जेनजीले के भन्न चाहेको छ, त्यो बुझ्नुपर्‍यो। ८० वर्षको पुस्ता वा हिजो–अस्तिको पुस्ताले बुझ्न नसक्ने कुरा छ । त्यसका लागि आयोग गठन गर्छौं,” साम्पाङको भनाइ थियो ।

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार १५:०६   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।