Logo

प्रमुख समाचार

११औँ महाधिवेशन अब पाँच दिन मात्र बाँकी, आँफू ‘कमजोर’ भएपछि ओलीका अनेक खेल



 

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन अब पाँच दिन मात्र बाँकी छ । अध्यक्ष केपी शर्मा ओलीलाई परास्त गर्ने उद्देश्यसहित पार्टीभित्रको एउटा बलियो समूह खुला मैदानमा उत्रिएको छ ।

ओलीविरुद्ध वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिस्पर्धामा उत्रिने सुनिश्चित भइसकेको छ । ओली भने विधान संशोधनमार्फत तेस्रो कार्यकाल सुनिश्चित गर्ने रणनीतिमा छन् ।

त्यहीबेला, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको साथ पाएका पोखरेल ओलीलाई जसरी भए पनि हराउन केन्द्रित देखिन्छन् । सोमबारदेखि नै पोखरेल पक्षको गतिविधि स्पष्ट रूपमा तीव्र भएको छ ।

सोमबार होटल हार्दिकमा उपाध्यक्ष युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे र सचिव योगेश भट्टराईले ओलीविरुद्ध औपचारिक रूपमा ‘फायर’ खोले । मंगलबार त्यही होटलमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे, केन्द्रिय सदस्य उषाकिरण तिम्सेना, शर्मिला कार्की, रचना खड्का, सरिता न्यौपानेलगायत नेतृहरूले पनि ओलीविरुद्ध कडा अभिव्यक्ति दिए । यी दुई दिनको गतिविधिले पोखरेलले नै यी नेताहरूलाई ओलीविरुद्ध उभ्याएका हुन् भन्ने प्रस्ट भएको छ ।

ज्ञवाली र पाण्डेले ओलीले नयाँ मान्यता स्वीकार्न नसकेपछि आफूहरूले प्रतिस्पर्धाको ‘ब्याटल’ रोजेको बताए । पार्टी नेतृत्वका बेथिति र परम्परागत नेतृत्व शैलीले अब पार्टी नचल्ने निष्कर्षसहित उनीहरूले अवधारणापत्र पनि बुझाएका छन् ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलवार २१:१९   :  बजे

597
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।