काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौं–४ निर्वाचन क्षेत्रबाट एकल सिफारिस भएका छन्। बुधबार बसेको क्षेत्रीय कार्यसमितिको बैठकले थापाको नाम सर्वसम्मत रूपमा एकल सिफारिस गरेको क्षेत्रीय सभापति श्यामकृष्ण संगतले जानकारी दिए।
संगतका अनुसार थापालाई प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यका लागि एकमात्र उम्मेदवारका रूपमा सिफारिस गरिएको हो। बैठकले समानुपातिकतर्फ तीन जनाको नाम पनि सिफारिस गरेको छ। समानुपातिक सूचीमा राधा घले, नर्मदा पोखरेल र राजन विश्वकर्माको नाम रहेका छन्।


















प्रतिक्रिया