Logo

प्रमुख समाचार

रवि र छविको मुद्दा हेर्न नमिल्नेमा



बुटवल । सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको आजको सुनुवाई हेर्न नमिल्नेमा परेको छ ।

उनीहरूको मुद्दाको सुनुवाइ न्यायाधीशहरु तेजनारायण पौडेल र सागर विष्टको चार नम्बर इजलाशमा परेको थियो । तर मुद्दाको मिसिलमा जाहेरवालाका कानुन व्यवसायी शालिकराम पौडेलको नाम वकालत नामामा समावेश भएको भन्दै न्यायाधीशले मुद्दा हेर्न नमिल्ने तर्क गरेर सुनुवाइ स्थगित गरेको लामिछानेनिकट कानुन व्यवसायीले जानकारी दिए ।

बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने र जोशीको मुद्दाको बिहिबारको पेशी गत कात्तिक १३ गतेपछिको निरन्तर सरिरहेको छ ।

लामिछाने हाल नख्खु कारागारमा छन् भने छवि भैरहवा कारागारमा छन् ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार १४:१२   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।