Logo

प्रमुख समाचार

अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठक बोलाए, सर्‍यो एमालेको बन्दसत्र



नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनकै बीचमा केन्द्रीय कमिटी बैठक बोलाएका छन् । आइतबार बिहानदेखि काठमाडौं भृकुटीमण्डपमा बन्दसत्र सुरु हुने तय भएको थियो ।

अध्यक्ष ओलीले बिहानका लागि केन्द्रीय कमिटी बैठक बोलाएपछि बन्दसत्रको समय सरेको हो ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार केन्द्रीय कमिटी बैठक भृकुटीमण्डपमा बिहान ९ बजेका लागि बोलाइएको हो ।

पार्टी महाधिवेशन अन्तर्गत आइतबारबाट एमालेको बन्दसत्र भृकुटीमण्डपमा सुरु हुँदैछ । अध्यक्षले केन्द्रीय कमिटी बैठक बोलाएपछि बिहान ७ः३० सुरु हुने भनिएको बन्दसत्र दिउँसो १२ : १५ बजेका लागि सरेको हो ।

एक केन्द्रीय सदस्यले अध्यक्ष ओलीले केन्द्रीय कमिटी र पदाधिकारीको संख्या बढाउनका लागि बन्दसत्र रोकेर केन्द्रीय कमिटी बैठक बोलाएको बताएका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आईतवार ०९:०३   :  बजे

108
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।