Logo

प्रमुख समाचार

एमालेमा धमाधम उम्मेदवार नबन्ने घोषणा, अनुशासन आयोगका अध्यक्ष बडाल पनि उम्मेदवार नबन्ने



नेकपा एमालेको ११ ‌औं महाधिवेशन सुरू भएसँगै एमालेका नेताहरूले धमाधम उम्मेदवार नबन्ने घोषणा गरिरहेका छन्।

सोही क्रममा नेकपा (एमाले) अनुशासन आयोगका अध्यक्ष केशव बडालले पनि आफू उम्मेदवार नबन्ने घोषणा गरेका हुन्।

बडालले पछिल्लो समय आफूले जिम्मेवारी अपेक्षित रूपमा पूरा गर्न नसकेको आत्म स्वीकृति व्यक्त गर्दै यस महाधिवेशनबाट पार्टीको कुनै पनि पदमा नबस्ने निर्णय घोषणा गरेका हुन्।

उनले अब पदभन्दा बाहिर रहेर, भुइँस्तरमा बसेर पार्टी र जनताको हितमा समर्पित भावनाका साथ काम गर्ने दृढ प्रतिबद्धता जनाएका छन्।

आइतबारदेखि महाधिवेशनको बन्दसत्र सुरू भएको छ भने एमालेका नेताहरूले धमाधम उम्मेदवार नबन्ने घोषणा गरिरहेका छन्।

यसअघि उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, उपाध्यक्ष युवराज ज्ञवालीले उम्मेदवार नबन्ने घोषणा गरेका थिए।

अहिले अनुशासन आयोग प्रमुख केशव बडालले पनि उम्मेदवार नबन्ने घोषणा गरेका छन्।

प्रकाशित मिति : २८ मंसिर २०८२, आईतवार २०:५५   :  बजे

117
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।