काठमाडौँ । नेकपा एमालेको जारी महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएसँगै कतिपय उम्मेदवार निर्विरोध भएका छन् ।
लुम्बिनी प्रदेशबाट केन्द्रीय सदस्य महिला कोटा ३ जनामा गुमा देवी आचार्य (गोमा), मेनका कुमारी पोखरेल र शान्ति देवी ढकालको मात्र उम्मेदवारी परेकोले उनीहरू निर्विरोध भएका छन्।
युवा कोटा एक जनाको रहेकोमा लिलामणि गौतमको मात्र उम्मेदवारी परेकोले उनी पनि निर्विरोध भएका छन्।
मधेशी क्लस्टरमा युवा कोटा २ रहेकोमा अमर कुमार यादव र रोनित शाहको मात्र उम्मेदवारी परेकोले उनीहरू पनि निर्विरोध भएका छन्।
मुस्लिम क्लस्टरमा महिला कोटा एक रहेकोमा खाजिदा खातुन सिद्धिकी निर्विरोध भएकी छिन्।
श्रमिक क्लस्टरमा महिला कोटा २ रहेकोमा कमला देवी तामाङ र सिता लामाको मात्र उम्मेदवारी परेकोले उनीहरू निर्विरोध भएका छन्।
पिछडिएको क्षेत्रबाट महिला कोटा १ रहेकोमा वदमी क्वारी बुढा (बोहरा) निर्विरोध भएकी छिन्।
प्रवास क्षेत्र अन्तर्गत दक्षिण एसियामा एक कोटा रहेकोमा हरि प्रसाद घिमिरे निर्विरोध भएका छन्।
केन्द्रीय सदस्य (खुला युवा)मा २ कोटा रहेकोमा नरेश रोकाया र सुशील कुमार थापाको मात्र उम्मेदवारी परेपछि निर्विरोध भएका छन्।




















प्रतिक्रिया