Logo

प्रमुख समाचार

जाँचबुझ आयोगले आगामी साता राजनीतिक नेतालाई बयानमा बोलाउने



काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी विद्रोहसँग सम्बन्धित घटना जाँचबुझका लागि गठित आयोगले आगामी साता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाउने तयारी गरेको छ ।

आयोगको म्याद थपका लागि प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्न गएको आयोगको टोलीले आगामी साता राजनीतिक दलका नेतालाई बयानका लागि बोलाइने तयारी गरिएको जानकारी दिएको हो ।

छलफलपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले तत्कालीन प्रधानमन्त्री ‌ओली र गृहमन्त्री लेखकलाई अर्को साता बयानमा लागि बोलाउने तयारी गरेको बताए । उनले भने, “हामी सबैलाई बोलाउँछौँ । अर्को हप्ता बोलाउँछौँ । सबैलाई बोलाउँछौँ । नआउनेहरूलाई के गर्ने भन्ने विषयमा पछि नै कुरा गरौँला ।”

आयोगको म्याद सकिनै लाग्दा बयानका कामहरु अझै नसकिएकाले सरकारसमक्ष १ महिना म्याद थप गर्न आयोगले आग्रह गरेको छ ।

प्रकाशित मिति : २ पुष २०८२, बुधबार १६:४७   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।