Logo

प्रमुख समाचार

राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री कार्की



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रतिनिधिसभा सदस्य निर्वाचन कानुन एवं व्यवस्थापनसम्बन्धी राजनीतिक दलहरू र नागरिक प्रतिनिधिहरूसँग छलफल गर्दै छन् ।

छलफल दिउँसो १ बजे सिंहदरबारमा सुरु हुनेछ । छलफलमा गृह मन्त्रालय र निर्वाचन आयोगको प्रस्तुतीकरण रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

एमालेबाट महासचिव शंकर पोखरेल र महेश बर्तौला, कांग्रेसबाट सहमहामन्त्री महेन्द्र यादव, नेपाली कम्युनिस्ट पार्टीबाट वर्षमान पुन र राजेन्द्र पाण्डे, रास्वपाबाट शिशिर खनाल र सोविता गौतम जाने तय भएको छ ।

प्रकाशित मिति : ७ पुष २०८२, सोमबार १२:१३   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।