Logo

राजनीति

पूर्व राज्यमन्त्री बिक एमाले केन्द्रीय सदस्यमा लोकप्रिय मतसहित निर्वाचित



काठमाडौं । पूर्व राज्यमन्त्री बिमला बिक नेकपा (एमाले)को हालै सम्पन्न ११औँ महाधिवेशनबाट लोकप्रिय मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएकी छिन्। खुला केन्द्रीय सदस्यतर्फ उम्मेदवार बनेकी बिकले भारी मतान्तरका साथ विजय हासिल गरेकी हुन्।

महाधिवेशनमा कुल २ हजार २६३ मतदाता रहेकोमा २ हजार २७ मत खसेको थियो। तीमध्ये बिकले १ हजार ९६२ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा स्थान सुरक्षित गरेकी हुन्।

बर्दियाकी बिक २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सांसद निर्वाचित भएकी थिइन्। सांसदका रूपमा उनले उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीको जिम्मेवारीसमेत सम्हालेकी थिइन्।

केन्द्रीय सदस्यमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै बिकले जिम्मेवारी अझ बढेको महसुस भएको बताएकी छिन्। उनले विगतमा जस्तै पार्टीले दिएको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्ने र आगामी दिनमा नेकपा (एमाले) लाई देशकै एक नम्बरको पार्टी बनाउन सक्रिय रूपमा लागिरहने प्रतिबद्धता व्यक्त गरेकी छिन्।

प्रकाशित मिति : ८ पुष २०८२, मंगलवार ११:१३   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।