काठमाडौं । नेपाली कांग्रेसका नेता सुनिल शर्माले संसद् पुनर्स्थापनाको विषयमा छलफल भएको बताएका छन् ।
ललितपुरको कुपण्डोलस्थित काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका सहयोगी कुमार बेन्जनकारको निवासमा भएको भेटपछि उनले संक्षिप्त प्रतिक्रिया दिँदै संसद् पुनर्स्थापनाका विषयमा छलफल भएको बताएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, मेयर शाह, नेपाली कांग्रेसका नेता सुनिल शर्मा र वैकल्पिक अभियान चलाइरहेका सागर ढकाल छलफलमा सहभागी भएका थिए ।
नेता शर्माले भने- ‘हामी १० वर्ष पछि काङ्ग्रेसको सभापति हो । पार्टी छोड्ने कुरा हुँदैन । आज संसद् पुनर्स्थापनाको विषयमा छलफल भएको हो ।’





















प्रतिक्रिया