Logo

अर्थ

रिज लाइन इनर्जीको आईपीओ निष्कासन आजदेखि



काठमाडाैं । रिज लाइन इनर्जी लिमिटेडले आजदेखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आजदेखि आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता आइपीओ निष्कासन गर्न अनुमति पाएको थियो ।

जसमध्ये जारी पूँजीको १० प्रतिशत अर्थात ११ करोड ८५ लाख रुपैयाँ बराबरको १०० अंकित दरका ११ लाख ८५ हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको निष्काशन गरी बिक्री बितरण गरिने छ ।

सार्वजनिक निष्काशन गरिने शेयरको १० प्रतिशत अर्थात १ करोड ४२ लाख २० हजार रकम बराबरको १०० अंकित दरका १ लाख ४२ हजार २०० कित्ता सेयरहरु नेपाल सरकारको सम्बधित निकायबाट श्रम स्वीकृत प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गरी बिक्री वितरण गरिने छ ।

साथै, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई तथा नेपाल सरकारको सम्बधित निकायबाट श्रम स्वीकृत प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि छुटयाईएका सेयर बाँडफाँड गरे पश्चात सर्वसाधारणलाई जारी पूँजीको १२ प्रतिशत अर्थात १४ करोड २२ लाख रकमबराबरको १०० अंकित दरका १४ लाख २२ हजार कित्ता सेयरमध्ये २८ हजार ४४० कित्ता (सर्वसाधारणको लागि छुट्याएको सेयरको २ प्रतिशत) कर्मचारीहरुलाई र ७१ हजार १०० कित्ता (सर्वसाधारणको लागि छुट्याएको सेयरको ५ प्रतिशत) सामूहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी ११ लाख ८० हजार २६० कित्ता साधारण सेयरहरुको सार्वजनिक निष्काशन गरिनेछ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० र अधिकतममा ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन बन्द छिटोमा पुस २८ गते र ढिलोमा माघ १२ गते हनेछ । वैदेशिक रोजगारीमा रहेका लागि भने आईपीओ निष्कासन बन्द छिटोमा पुस १७ गते र ढिलोमा पुस २८ गते हुनेछ ।

प्रकाशित मिति : १३ पुष २०८२, आईतवार ११:२२   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।