Logo

समाचार

भन्सार छलीका नौ लाख बराबरका सामान बरामद



पर्सा । प्रहरीले पर्साबाट भन्सार छली गरी भित्र्याइएका नौ लाख ७६ हजार ८३० रुपैयाँ बराबरका खाद्यान्न तथा लत्ताकपडा बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्ज महानगरपालिका–१६, इनर्वागाउँबाट भारतबाट भन्सार छली गरी ल्याइएका नौ लाख ५३ हजार ३४५ रुपैयाँ बराबरका विभिन्न किसिमका लत्ताकपडा बरामद गरिएको हो।

त्यसैगरी, वीरगन्ज–१६ स्थित रजतजयन्ती चोकबाट भन्सार छली गरी ल्याउँदै गरिएको २३ हजार ४८५ रुपैयाँ बराबरका तरकारी तथा अन्य मालवस्तु पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार बरामद गरिएका सबै सामान आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ।

प्रकाशित मिति : ४ मंसिर २०८३, शुक्रबार २०:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।