काठमाडौं । आज सेयर बजार भारी अंकले बढेको छ । नेप्से परिसूचक ४७.५५ अंकले बढेर २,६३३ को विन्दुमा कायम भएको छ ।
आज २३८ कम्पनीको सेयर मूल्य बढेको छ भने २१ कम्पनीको मूल्य घटेको छ ।
आज ५ अर्ब ५३ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावरको सेयर कारोबार भएको छ । यस कम्पनीको २७ करोड ६० लाखको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै मिड सोलु हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.४९ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै विन नेपाल लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया