काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको समानुपातिकतर्फ यसपटक नयाँलाई अवसर दिने निर्णय गरेको छ। पार्टीले २०६४ सालदेखि २०७९ सालसम्मका चुनावमा समानुपातिक सांसद भइसकेकाहरूलाई यसपालि उम्मेदवार सूचीमा नराख्ने निर्णय गरेको हो।
कांग्रेसका एक पदाधिकारीका अनुसार पार्टी बैठकले २०६४, २०७०, २०७४ र २०७९ को चुनावमा समानुपातिक सांसद बनेकाहरूलाई यसपटक सूचीमै समावेश नगर्ने निर्णय गरेको छ। “पार्टीमा पटक–पटक अवसर पाएकाहरूलाई यसपालि समानुपातिकतर्फ उम्मेदवार नबनाउने निर्णय भएको हो,” ती पदाधिकारीले भने, “यसले नयाँ साथीहरूलाई अवसर मिल्नेछ।”
निर्वाचन आयोगमा समानुपातिकतर्फ उम्मेदवार सूची बुझाउने समय आज र भोलि तोकिएको छ। सोही सन्दर्भमा पार्टीले सानेपामा बसेको बैठकमार्फत सूची तयार गर्ने क्रममा उक्त निर्णय गरेको हो।





















प्रतिक्रिया