Logo

प्रमुख समाचार

आयोगद्वारा रमेश लेखकमाथि लगाइएको स्थानहद फुकुवा गर्ने तयारी



काठमाडौं । जेनजी आन्दोलनको छानबिन गर्न गठित जाँचबुझ आयोगले निवर्तमान गृहमन्त्री रमेश लेखकको स्थानहद फुकुवा गर्ने तयारी गरेको छ ।

स्रोतकाअनुसार लेखकविरुद्ध लगाइएको स्थानहद खुलाउने प्रक्रियामा आयोग अघि बढेको हो । आयोगले लेखकसँग दुई चरणमा छुट्टाछुट्टै बयान लिइसकेको छ । हिजो बुधबार साँझ करिब साढे ७ बजेसम्म पनि आयोगले उनीसँग बयान लिएको थियो ।

त्यसअघि गत पुस १४ गते पनि आयोगले सिंहदरबारमा लेखकसँग बयान गरेको थियो । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले पनि लेखकको बयान सकिएको जानकारी दिए ।

बयानका काम सकिएसँगै लेखकको स्थानहद फुकाउने तयारीमा आयोग रहेको स्रोतले जानकारी दिएको छ ।

यसअघि सो घटनासँग सम्बन्धित नेपाल प्रहरीका महानिरीक्षक, काठमाडौंका तत्कालीन सीडीओ, तत्कालीन गृहसचिव लगायतको स्थान हद फुकुवा गरिएको थियो ।

प्रकाशित मिति : १७ पुष २०८२, बिहीबार १६:०१   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।