Logo

अर्थ

एनआईसी एशिया बैंकले हकप्रद सेयर निष्काशन गर्ने



काठमाडाैं । एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकले हाल कायम रहेको चुक्तापूँजीको २ः१ अनुपातमा हकप्रद निष्काशन गर्ने तयारी गरेको हो ।

बैंकको पुस २० गते सम्पन्न भएको सञ्चालक समितिको बैठकले हकप्रद जारी गर्ने पूर्वसहमतिका लागि राष्ट्र बैंकसमक्ष आवेदन पेश गर्ने निर्णय गरेको हो ।

राष्ट्र बैंकबाट सहमति प्राप्त भएपश्चात बैंकको वार्षिक साधारण सभामा उक्त प्रस्ताव स्वीकृतीका लागि पेश गरिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : २० पुष २०८२, आईतवार ११:४४   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।