Logo

अर्थ

सेयर बजारमा १० अंककाे गिरावट, कारोबार रकम ५ अर्ब नाघ्यो



काठमाडौं । आज सेयर बजार घटेको छ । नेप्से परिसूचक १०.२९ अंकले घटेर २,६१० को विन्दुमा कायम भएको छ ।

आज ७९ कम्पनीको सेयर मूल्य बढेको छ भने १७१ कम्पनीको मूल्य घटेको छ ।

आज ५ अर्ब १ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एसवाई प्यानलको सेयर कारोबार भएको छ । यस कम्पनीको ३० करोड ६५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त र श्रीनगरका लगानकिर्ताले कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै न्यादी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ४.३२ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २० पुष २०८२, आईतवार १५:१६   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।