काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसहित २६ जनालाई केन्द्रीय समिति सदस्यमा मनोनीत गरेको छ।
आइतबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले शाहसहित २६ जनाको नाम केन्द्रीय समितिमा अनुमोदन गरेको हो। पार्टी प्रवक्ता मनिष झाले बैठकका निर्णय सार्वजनिक गर्दै संगठन विस्तार र समावेशी संरचना निर्माणका लागि नयाँ सदस्यहरू मनोनीत गरिएको बताए।
उनका अनुसार आजै दिउँसो बसेको केन्द्रीय समिति बैठकले विवेकशील साझा पार्टीबाट आएका सात जनालाई केन्द्रीय समितिमा समेट्ने निर्णय गरेको थियो। त्यसपछि पुनः बसेको बैठकले काठमाडौं महानगरपालिकाका मेयर शाहसहित थप २६ जनालाई केन्द्रीय समितिमा नयाँ सदस्यका रूपमा मनोनीत गरेको हो।
बैठकले पार्टीको केन्द्रीय संरचनालाई थप सुदृढ बनाउने उद्देश्यसहित पदाधिकारी सङ्ख्या चार जनाले बढाउने निर्णयसमेत गरेको छ। रास्वपाले संगठन विस्तार, आगामी राजनीतिक कार्यदिशा र पार्टीको भूमिकालाई प्रभावकारी बनाउने सन्दर्भमा केन्द्रीय समितिको आकार बढाइएको जनाएको छ।





















प्रतिक्रिया