Logo

अर्थ

समृद्धि फाइनान्स र पोखरा फाइनान्स १ः१ सेयर अनुपातमा मर्ज हुने



काठमाडाैं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स लिमिटेड १ः१ सेयर स्वाप अनुपातमा मर्ज हुने भएका छन् । दुवै संस्थाबीच गत साउन ४ गते मर्जर प्रयोजनका लागि समझदारीपत्र सम्पन्न भएको थियो।

त्यसैअनुसार गठन गरिएको संयुक्त मर्जर समितिले दुबै कम्पनीको सम्पत्ति, दायित्व र कारोबारको मूल्याङ्कन गर्न मूल्यांकनकर्ता नियुक्त गरेको थियो। मूल्यांकन प्रतिवेदनको आधारमा, समितिले शेयर स्वाप अनुपात १ः१ सिफारिस गरेको थियो।

यस सिफारिसलाई अनुमोदन गर्दै समृद्धि फाइनान्सको सञ्चालक समितिको ५३७ औं बैठकले मर्जरका लागि सेयर स्वाप अनुपात १ः१ कायम गर्ने निर्णय स्वीकृत गरेको हो।

यस निर्णयअनुसार दुवै कम्पनीबीचको मर्जर प्रक्रिया अगाडि बढ्नेछ । मर्जपश्चात बन्ने कम्पनीको केन्द्रीय कार्यालय पोखरामा रहने जनाइएको छ ।

प्रकाशित मिति : २१ पुष २०८२, सोमबार १२:४७   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।