Logo

अर्थ

अण्डाको मूल्य घट्यो, प्रतिक्रेट कति?



काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्य प्रतिक्रेट ९० रुपैयाँले घटाउने निर्णय गरेको छ । संघले फार्महरूबाट प्राप्त दररेटलाई एकीकृत गरी आजदेखि लागू हुने गरी नयाँ मूल्य सार्वजनिक गरेको हो ।

नयाँ मूल्यसूचीअनुसार फार्ममा ठूलो अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) ५६५ रुपैयाँबाट घटेर ४७५ रुपैयाँमा झरेको छ ।

यस्तै, मिडियम अण्डाको मूल्य ५५० रुपैयाँबाट घटेर ४६० रुपैयाँ कायम गरिएको सङ्घले जनाएको छ । यससँगै उपभोक्ता मूल्य पनि प्रतिगोटा २५ रुपैयाँबाट घटाएर २० रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : २२ पुष २०८२, मंगलवार १०:०३   :  बजे

156
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।