काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनमा चुनावी तालमेल गर्दा ७ सीट दाबी गरेको छ।
सचिवालय बैठकपछि कांग्रेस र नेकपासँगको छलफलमा आफूहरूले हरेक प्रदेशमा एकजना पर्ने गरी ७ सीट माग गरेको उपमहासचिव लेखराज भट्टले बताए ।
उनकाअनुसार कांग्रेसका सभापति शेरबहादुर देउवासँग थप छलफल गरेर उम्मेदवार टुंगो लगाउने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ ।
माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा एमालेले कांग्रेससँग गठबन्धन गरेर अघि बढ्ने भएको हो ।





















प्रतिक्रिया