काठमाडौं । नेपाली कांग्रेस पार्टी कार्यालय बाहिर प्रदर्शनरत कार्यकर्ताले नेताहरूलाई पार्टी कार्यालय प्रवेश गर्न अवरोध गरेका छन् ।
कार्यसम्पादन समिति बैठकका लागि पुगेका नेताहरूलाई भित्र प्रवेश नदिएपछि वैकल्पिक गेटबाट भित्र प्रवेश गरेका थिए ।
उनीहरुले पार्टीलाई बन्दी बनाउन नहुने भन्दै नारावाजी समेत गरेका छन् ।
आज बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको लागि नेताहरू वैकल्पिक गेटबाट पार्टी कार्यालय प्रवेश गरिरहेका छन् । बिहान ११ बजे हुने भनिएको बैठक १ बजेको लागि सरे पनि अहिलेसम्म सुरु हुन सकेको छैन ।
आजको बैठकमा ११ माघमा हुन गइरहेको राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट दिइने उम्मेदवारी र सम्भावित चुनावी तालमेलबारे छलफल हुने बताइएको छ ।





















प्रतिक्रिया