काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले महामन्त्रीहरु गगनकुमार थापा र विश्वप्रकाश शर्माले नै पार्टीको निर्णय नमानेको आरोप लगाएका छन् ।
पुस १८ गतेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महाधिवेशन वैशाख २८-३१ गते गर्ने निर्णय गरिसकेको बताउँदै महामन्त्रीहरूले उक्त निर्णय नमानी विशेष महाधिवेशन भन्दै आह्वान गर्नु गलत भएको बताएका हुन् ।
हामी पार्टीको आधिकारिक निर्णयको पक्षमा उभिने हो । महामन्त्रीहरू त झन जिम्मेवार हुन्छन् । वैशाख २८ गते महाधिवेशन गर्ने भनेर पार्टीले निर्णय गरिसकेको छ ।
महामन्त्रीहरूले निर्णय मान्नु भएन,’ उनले अनलाइनखबरसँग भने, ‘आम निर्वाचनको मुखमा एक भएर जानुपर्छ । विवाद गर्ने समय यो होइन । नियमित महाधिवेशन पुसमा गर्न सक्छौँ भन्ने उहाँहरू नै हो ।
हामीले यो समयमा हुँदैन त्यति बेला पनि भनेकै हो ।’ चुनावलगत्तै महाधिवेशन गर्ने र अहिले सबै मिलेर चुनावको तयारी गर्नुपर्ने समय भएको महतले बताए । ‘अहिले सबै मिलेर चुनावमा जाने र त्यसका लागि टिकट वितवरण गर्ने समय हो ।
टिकट कसैले थोपर्ने त होइन । अहिले कसैलाई टिकट दियो भन्दैमा ह्वारह्वारर्ती भोट आउने पनि होइन,’ उनले भने, ‘पार्टीकै नेताको खिलापमा सामाजिक सञ्जालमा लगातार गालीगलौज गरिएको छ ।
आम निर्वाचनको मुखमा यस्तो गर्दा राम्रो हुन्छ ? मानौँ कि यीनिहरू सबैभन्दा ठूलो खलनायक हुन् भनेजसरी हामीमाथि गालीगलौज गरिएको छ ।’




















प्रतिक्रिया