Logo

अनलाइनपाना खोज

बब्लु गुप्ताको अमेरिका भ्रमण प्रकरण छानबिनको मागसहित अख्तियारमा उजुरी, मानव तस्करीको आशंका



काठमाडौं । अन्तरिम सरकारका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमण प्रकरणको छानबिन गरी कारबाही गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ ।

मुलुक बचाउने नागरिक (ममुबना) अभियानका प्रमुख युवराज सफलले फर्जी आयोजक र फर्जी निमन्त्रणा पत्रका आधारमा मन्त्रिपरिषदबाट अमेरिका भ्रमण स्वीकृत गराइएको भन्दै उजुरी दिएका हुन् ।

उजुरीमा आगामी माघ ३ गते अमेरिकामा आयोजना हुने भनिएको ‘रोल अफ एनआरएनए युथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेनजी रिभोल्युसन’ कार्यक्रमसम्बन्धी आयोजक नेपाल सरकार, अमेरिकी सरकार वा नेपाली दूतावासको अभिलेखमा नरहेको दाबी गरिएको छ ।

उजुरीकर्ताले मन्त्री गुप्ताले आफ्नो हैसियत दुरुपयोग गरी सामूहिक रुपमा अमेरिका जान खोजिएको भन्दै यसलाई संगठित मानव तस्करीसँग जोडेर अनुसन्धान गर्न माग गरेका छन् । साथै भ्रमण स्वीकृतिसँग सम्बन्धित मन्त्रिपरिषद्को निर्णय, निमन्त्रणा पत्र, आयोजकको कानुनी वैधता र भ्रमण टोलीको विवरण झिकाएर छानबिन गर्नुपर्ने उल्लेख छ ।

अख्तियारमा दर्ता उजुरीमा अविलम्ब छानबिन गरी दोषी देखिएमा गुप्तामाथि मानव तस्करीसमेतको अभियोगमा कारबाही गर्न र अनुसन्धान अवधिमा मन्त्री पदबाट निलम्बन गर्न माग गरिएको छ ।

प्रकाशित मिति : २५ पुष २०८२, शुक्रबार ०१:१४   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।