काठमाडौं । सुनचाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
सोमबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँ तय गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ४ हजार १ सय रुपैयाँ बढी हो । अघिल्लो दिन प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
चाँदीको मूल्य प्रतितोला ५ हजार १९५ रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा चाँदी २०५ रुपैयाँ महँगिएको हो । हिजो प्रतितोला ४ हजार ९९० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।




















प्रतिक्रिया