काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ । केन्द्रीय बैंकले अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज अनलाइन बोलकबोलमार्फत ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ छ’ नामक ऋणपत्र (१ वर्षे) जारी गर्न लागेको हो ।
यो ऋणपत्रको साँवा भुक्तानी २०८३ पुस २८ गते हुनेछ र ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ ।
यो ऋणपत्रको बोलकबोलमा क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउण्टरपार्टी) मात्र सहभागी हुन पाउने छन् । ऋणपत्रको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिनेछ । यसको बोलकबोल आज दिउँसो २ बजे अनलाइन माध्यमबाट हुने केन्द्रीय बैंकले जनाएको छ ।




















प्रतिक्रिया