Logo

अर्थ

सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड



काठमाडौं । केही दिनदेखि सुनचाँदीकाे मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ । बुधबार सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ७६ हजार ५ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको मूल्य उच्च दरले बढेको छ । एकैदिन तोलामा ३१५ रुपैयाँले चाँदीको मूल्य बढेको हो । महासंघले यस दिनका लागि चाँदी प्रतितोला ५ हजार ६५५ रुपैयाँ तोकेको छ । अघिल्लो दिन ५ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ३० पुष २०८२, बुधबार ११:०७   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।