Logo

अर्थ

लुम्बिनी विकास बैंकको १८औं वार्षिक साधारणसभा सम्पन्न



काठमाडाैं । लुम्बिनी विकास बैंक लिमिटेडको १८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको उक्त सभा पुस ३० गते सम्पन्न भएको हो ।

सभाले आव २०८२/८३ को बार्षिक प्रतिबेदन पारित गरी आव २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्ताव पारित गरेको छ ।

बैंकका सञ्चालक समितिका अध्यक्ष चिन्तामणी भट्टराईको अध्यक्षतामा सम्पन्न १८औं वार्षिक साधारण सभामा आव २०८२/८३ को वार्षिक प्रतिवेदन उपर सहभागी सेयरधनीहरुले राखेका जिज्ञासाहरुको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले स्पष्ट पारेका थिए ।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको बिभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) स्थापना भएको छ ।

प्रकाशित मिति : ३० पुष २०८२, बुधबार १६:३२   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।