सुर्खेत । सुर्खेत र सल्यानको सीमावर्ती क्षेत्रमा पाटेबाघको आक्रमण बढ्दै जाँदा एक साताभित्रै तीन जनाको ज्यान गएको छ।
गत पुस २३ गते सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ की ५७ वर्षीया गङ्गा सारु, पुस २६ गते सल्यान कालीमाटी गाउँपालिका–७ की धनसरी रावत र पुस २९ गते कालीमाटी–८ का ६५ वर्षीय चन्द्रबहादुर खप्तडीको बाघको आक्रमणबाट मृत्यु भएको हो।
यी क्षेत्रहरू बाँके र बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएकाले घाँसदाउरा गर्न र काम विशेषले जङ्गल आसपास जाने स्थानीयहरू निरन्तर जोखिममा परेका छन्।
बाघले मानिसका साथै घरपालुवा पशुचौपायामाथि समेत आक्रमण गर्न थालेपछि निकुञ्ज आसपासका बासिन्दामा चरम त्रास छाएको छ।
स्थानीय वडाध्यक्ष मित्रलाल रिजालका अनुसार बाँके राष्ट्रिय निकुञ्जबाट आएको बाघले आतङ्क सिर्जना गरेपछि सर्वसाधारण दैनिक कामका लागि समेत घरबाहिर निस्कन डराउन थालेका छन्। डिभिजन वन कार्यालय सल्यानले बाघले दुई वटा गाईगोरु समेत मारेको पुष्टि गरेको छ।




















प्रतिक्रिया